Logo

प्रमुख समाचार

भ्रष्टाचार काण्डको कुनै पनि अनुसन्धान टुंगोमा नपुग्नुले नेपालको साख गिरेको छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक पछि अर्को गरी बाहिरएका भ्रष्टाचार काण्डका कुनै पनि अनुसन्धान टुंगोमा पुग्न नसक्दा अन्तर्राष्ट्रियस्तरमा नेपालका साख गिरेको बताएका छन् । नयाँ बानेश्वरमा भएको एक कार्यक्रममा नेता कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा रहेको बताए ।

‘कुनै पनि काण्ड आउँछ, त्यसको अनुसन्धान टुङ्गोमा नपुग्दै तुहिन्छ’, त्यसअघि कोइरालाले भने, “नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदायसामु नेपालको साख गिरेको छ ।’

उनले सरकारका गतिविधिले जनतामा जान समेत अफ्ठ्यारो परेको बताए । कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजिवीहरुले आस मारेको भएर पनि देशमा थप समस्या देखिँदै गएको बताए ।

देश अझै पनि बचाउन सकिने भन्दै कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजिवीहरुसँग आग्रह गरे । अहिलेको देशको अवस्था भने ठिक नभएको उनको भनाइ थियो । ‘नत हामी ठिक भयौं, न काम गर्ने शैली, जता हेर्यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउँने कतै केही छैन,’ उनले भने।

छलफलमा सहभागीहरूले महङ्गी, भ्रष्टाचार र दण्डहीनताले सिमा नाघेको, भुराजनीति चौपटमा परेको र सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरु गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार १२:१४   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।