Logo

राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र भौतिक पूर्वाधारमन्त्री ज्वालाबीच भेट



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री प्रकाश ज्वालाबीच भेटवार्ता भएको छ । शनिबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री शाह र मन्त्री ज्वालाबीच भेटघाट भएको हो।

भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिमका बाढी र पहिरो प्रभावितहरूलाई राहत प्रदान साथै प्रभावितहरूको समस्या समाधानमा सबै तहका सरकारबीच समन्वय हुनुपर्ने कुरा राखेका थिए ।

यस्तै तीनै तहका सरकारको समन्वयमा यातायात र सडक पूर्वाधारको दिगो विकासमा सहमति, सहकर्य र समन्वय गरेर महाकाली सुख्खाबन्दरगाह, सेतीलोक मार्ग, भीमदत्त राजमार्ग, दैजी–जोगबुढा, महाकाली करिडोर, खुटिया दिपायल फास्ट ट्रयाक, कर्णाली करिडोर, सत्ति चिसापानी ताम्चा सडकखण्डलगायतका सडकमा बजेट वृद्धि गर्ने प्रतिबद्धतासहित चाँडै काम सम्पन्न गर्ने विषयमा छलफल भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार १३:००   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।