काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले धार्मिक अक्रिमण रोक्न आग्रह गरेका छन् । केही दिन अघि धरानमा गोरु काटेर सामूहिक भोज गरिएको घटनालाई त्यसमा संलग्न उछृङ्खल तत्वहरुले सामाजिक संजालमार्फत प्रचार गर्न खोजेको देखिएको भन्दै त्यस्ता कार्य गर्न नहुनेमा सांसद भण्डारीको जोड छ ।
आपसी सद्भाव तथा सहिष्णुता कायम राख्नका लागि सबै समुदाय अत्यन्त जिम्मेवार भएर आ–आफ्ना धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्दै आएको गौरवपूूर्ण इतिहास रहेको र वैदिक सनातन धर्म, परम्परा र संस्कृतिको विशाल उपस्थितिका बीच पनि सबै धर्म, सम्प्रदाय र परम्परालाई उच्च सम्मान, संरक्षण तथा संवद्र्धनमा मद्धत हुँदै आएको तथ्यबारे हरेक जिम्मेवार नागरिक जानकार हुनुपर्ने भण्डारीले बताएका छन् ।
तर नेपालीको आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौती दिने गरी धरानमा घटाइएको उक्त घटना अत्यन्त निन्दनीय रहेको उनले भनाइ छ ।
विज्ञप्ति :–
धार्मिक अतिक्रमण रोकौँ
केही दिन अघि धरानमा घटाईएको एक अस्वभाविक र अराजक घटनाले मलाई मर्माहत बनाएको छ । गोरु काटेर सामुहिक भोज गरिएको घटनालाई त्यसमा संलग्न उछृङ्खल तत्वहरुले सामाजिक संजालमार्फत प्रचार गर्न खोजेको देखिन्छ । नेपाल बहुधार्मिक, बहुुभाषिक र बहुुसांस्कृतिक मुलुक हो । परापूर्वकालदेखि यहाँ विविधताबीच अभेद्य एकता, अगाध श्रद्धा र सम्मान रहदै आएको छ । आपसी सद्भाव तथा सहिष्णुताकायम राख्नका लागि सबै समुदाय अत्यन्त जिम्मेवार भएर आ–आफ्ना धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्दै आएको गौरवपूूर्ण इतिहास र परम्परा छ । वैदिक सनातन धर्म, परम्परा र संस्कृतिको विशाल उपस्थितिका बीच पनि सबै धर्म, सम्प्रदाय र परम्परालाई उच्च सम्मान, संरक्षण तथा संवद्र्धनमा मद्धत हुँदै आएको तथ्य हरेक जिम्मेवार नागरिकलाई जानकारी नै छ । नेपालका कानुनले पनि शान्तिपूर्ण ढङ्गबाट आफ्नो धर्म परम्परा मान्न पाउने अधिकार सुनिश्चित गरेको छ ।
तर हाम्रो आपसी एकता, सद्भाव र सहिष्णुताको विशिष्टतम सभ्यतालाई चुनौती दिने गरी धरानमा घटाइएको उक्त घटना अत्यन्त निन्दनीय छ । वैदिक सनातन धर्मलाई कमजोर बनाउने, यसका आधारभूत मान्यतामा आक्रमण गर्ने तथा आस्थाका केन्द्रहरुमा धावा बोल्ने काम गरिएको छ । यो केही गलत मनसाय बोकेका, नेपालमा शान्ति, स्थिरता, मेलमिलाप र एकता देख्न नचाहने अतिवादीहरुले द्धन्द्ध सिर्जना गराई लाभ लिन खोजेको बुुझ्न कुनै कठिनाई छैन । यस्ता अराजकहरुलाई समाजले निगरानी गर्दै हाम्रो विशिष्टतालाई जोगाई राख्न म सबैमा हार्दिक अपिल गर्दछु ।
नेपालमा शताब्दिआँैदेखि चल्दै आएका धर्म, संस्कृति र परम्परालाई कमजोर बनाउने तथा धर्म संस्कृतिको नाउँमा आपसी सद्भाव खल्बल्याई द्धन्द्ध निम्त्याउनका लागि अतिवादी तत्वहरुका अवाञ्छित क्रियाकलाप बढ्दै आएका छन् । प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने, वैदिक सनातन धर्मको अपमान गर्ने, हिन्दु धर्ममा रहेको शान्तिप्रियता र उच्च संस्कारलाई दुुत्कार्ने, अन्य धर्मको बढाई चढाई प्रचार गर्ने क्रम निरन्तर बढ्दै गएको छ । यस्ता गतिविधिले भविष्यमा मुलुकमा ठूला दुुर्घटना निम्त्याउने जोखिम रहने हुँदा यस्ता खालका गैरजिम्मेवार, उत्ताउलो, भड्काउपूर्ण तथा गैरकानुनी गतिविधिमाथि नियन्त्रण गर्नका लागि नेपाल सरकारसमक्ष अनुरोध गर्दछु ।
जय नेपाल
शंकर भण्डारी
प्रतिनिधि सभा सदस्य एवम्
नेपाली कांग्रेस केन्द्रीय सदस्य




















प्रतिक्रिया