काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीको विषयलाई लिएर सरकार ढाल्ने षड्यन्त्र १२ बुँदो व्याख्यात्मक घोषणामार्फत असफल पारेको दाबी गरेका छन् । पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले विरोध गर्दैमा हुने भए नेपाल मजदुर किसान पार्टी देशको ठूलो पार्टी बन्नुपर्ने बताए ।
‘हाम्रो पार्टीको पहलकदमीमा एमसीसीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ। केही केही मान्छेहरूको गीत नै एमसीसी हामीले अस्वीकार गर्नुपर्थ्यो भन्ने छ। अरू केही होइन। त्यो गरेर हामीलाई सरकारबाट फाल्दिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा मात्रै हेरेर बस्ने अनि जनताले साथ वाहवाह भनेर साथ दिने थे भन्नु हवाई कल्पनाबाहेक केही पनि होइन’, अध्यक्ष नेपालले भने, ‘एमसीसीको घोर विरोध गरेको कारण वाहवाहीको शिकार हुने भए नेपाल मजदुर किसान पार्टी देशभर फैलिसक्नुपर्ने हो । मोहनविक्रम जीहरूको पार्टीलाई सारा देशका जनताले भोटैभोट खसालेर सय दिने थिए ।’




















प्रतिक्रिया