Logo

जनप्रतिनिधि

जबरजस्ती करणीको आरोपमा ओखलढुंगाका वडाध्यक्ष पक्राउ



ओखलढुंगा । एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका–१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन् ।

एक २५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको आरोप लगाएपछि धमलालाई पक्राउ गरिएको जिल्ला प्रहरी ओखलढुंगाका प्रहरी निरीक्षक बलिस्टार सिंहले बताए ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले गएकाे असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन् । धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सोही पक्राउ पुर्जीअनुसार उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ परेका वडाध्यक्ष छविरमण धमलालाई जिल्ला अदालतबाट हिरासतमा राखी अनुसन्धान गर्ने ७ (सात) दिनकाे म्याद थप थपेर ल्याएकाे अनुसन्धान गरिरहेकाे प्रहरी निरिक्षक सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १७:४४   :  बजे

246
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।