सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजे हुँदैछ । सहमतिका लागि शनिबार दिनभर प्रयास गर्दा सफल नभएपछि साँझ मतदान गर्ने तयारी थियो । तर सुरक्षाको कारण देखाउँदै आइतबार बिहानका लागि सारिएको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।
आइतबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदान कार्यक्रम रहेको छ। छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु भएको विषयमा आफन्तले दिनभर प्रदर्शन गरेका कारण सुर्खेतको वीरेन्द्रनगर शनिबार दिनभर तनावग्रस्त रह्यो । सोही कारणले एमालेले रातिमा मतदान गर्नु उपयुक्त नहुने बताएको हो ।
एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाले उम्मेद्वारी दिएका छन् । गुलाबजंग र मीनबहादुरले प्यानल नै बनाएर चुनावमा भिड्दै छन् भने प्रकाशको प्यानल छैन ।
















प्रतिक्रिया