भीम रावलले आफू एमालेमा रहिरहने बताएका छन् ।
धनगढी पिमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग रावलले छेउबाट तल घचेट्दा खुट्टा टेक्ने अवस्था नआएसम्म पार्टी नछाड्ने बताए ।
‘म त्यति बेलासम्म रहन्छु जतिबेला छेउबाट तल धकेल्दाखेरी मैले खुट्टा टेक्नुपर्ने अवस्था आउँदैन’, उनले भने । रावलले एमाले नेतृत्वले आफूसँग संवादका लागि नेता खटाएको र अध्यक्ष केपी ओलीसहितसँग संवाद भएको उल्लेख गरे ।
आफूलाई सुदूरपश्चिम प्रदेशको पार्टी अधिवेशनमा नबोलाइएको र आफूलाई अधिवेशनबारे कुनै जानकारी नभएको दाबी गरे । रावललाई अधिवेशनमा नबोलाएको विषयमा कार्यकर्ताले अध्यक्ष केपी ओली सहभागी प्रदेश अधिवेशनको उदघाटन कार्यक्रममै नाराबाजी गरेका थिए ।
फरक प्रसंगमा रावलले नेपालको भूभागमा बिनाजानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रवेश गरेको विषयमा सरकारले बोल्नुपर्ने बताए । त्यस प्रकरणमा सरकारले मौन बस्नु आपत्तिजनक रहेको उनको भनाइ थियो ।
आफ्नो सिमानाको रक्षा गर्नु राज्यको पहिलो दायित्व रहेको भन्दै उनले संसदबाट लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नयाँ नक्सा जारी गरिसकेपछि विदेशी प्रधानमन्त्री जानकारीबिना आउँदा नेपाल सरकारले तत्काल बोल्नुपर्ने रावलले बताए ।
उक्त प्रकरणका विषयमा सरकारले तत्काल भारतीय अधिकारीहरूलाई बोलाएर सोध्नुपर्ने माग रावलले गरे ।





















प्रतिक्रिया