Logo

आजको तस्बिर

तिहार नजिकिएसँगै भक्तपुरका प्रजापति समुदायलाई माटोका पाला बनाउन भ्याइनभ्याई



काठमाडाैं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आउन अब एक हप्ता पनि बाँकी छैन । झिलीमिली बत्तीकाे उज्यालोमा देउसी–भैलाे तथा विभिन्न सांसकृतिक कार्यक्रमका साथ नाचगान गरेर मनाइने याे पर्वलाई दीपावली पनि भनिन्छ ।

दीपावलीमा बत्ति बाल्न विभिन्न विद्युतीय, विभिन्न धातु तथा माटोको पालाहरूको निकै खपत हुने गर्दछ । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा र पालाहरू बनाउन भ्याइनभ्याई छ ।

तिहारमा धेरै माग हुने भएपछि पाला बनाउन भक्तपुरस्थित कुमाले टोलका प्रजापति समुदाय व्यस्त बनेका हुन् । उनीहरू बिहान उज्यालो भएदेखि साँझसम्म पाला लगायत माटोका भाँडा बनाउन व्यस्त हुन्छन् ।

विशेष गरी तिहारमा पालाको अत्यधिक माग हुन्छ । उनीहरू यतिबेला तिहारका लागि आवश्यक पाला बनाउने, रङ भर्ने र भट्टीमा सुकाउने लगायत काम गर्नमा नै व्यस्त छन् । कुमाले टोलका करिब ४० घर परिवार प्रजापति समुदायले माटोको भाँडा बनाउने पेसा गर्दै आइरहेका छन् ।

तस्बिरहरू:–

          

 

 

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १४:५३   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।