लेखनाथ । पोखरा महानगरपालिका वडा नं.३१ बेगनासताल गाइघाट स्थित जलेश्वर शिव मन्दिर ब्यवस्थापन समितिको पाचौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले कृष्ण प्रसाद ढुङ्गानालाई अगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।
बेगनासताल क्षेत्रमा धार्मिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरी स्थापना गरिएको मन्दिर ब्यवस्थापन समितिको उपाध्यक्षमा सिता कार्की, सचिवमा विरेन्द्र पौडेल र कोषाध्यक्षमा निर बहादुर बराल रहेका छन् ।
यसैगरी सर्वसम्वत रुपमा चयन भएको समितिको सदस्यहरुमा कल्पना अधिकारी, मेनुका वास्तोला, बसन्त राज ढकाल, तिलक प्रसाद तिवारी, शालिकराम लामिछाने, सुधा थापा, मोतीराम तिमिल्सेना, दुर्गादेवी अधिकारी र शान्ति कोईराला रहेको निर्वाचन संयोजक राममणि अधिकारीले जानकारी दिएका छन् ।
















प्रतिक्रिया