Logo

अर्थ

हिमालयन रि–इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि खुला



काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आज मङ्सिर २७ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रिमियम मूल्यमा २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १०६ रुपैयाँ थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले पुस १ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरिसकेको छ । सो आईपीओमा ३४ हजार २ सय ११ जनाबाट ४५ लाख ८४ हजार ८ सय १० कित्ताको लागि आवेदन परेको थियो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा परेको यो आवेदन हालसम्म कै उच्च हो ।

नेपाल धितोपत्र बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले भदौ २६ गते बोर्डमा आवेदन दिएकोमा ३५ दिन मै आईपीओ निष्काशनको अनुमति पाएको हो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ११:३४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।