Logo

प्रमुख समाचार

दुई भिन्न वातावरणमा हुर्किरहेका बालबालिकामा को अब्बल, यस्तो छ भाइरल भिडियोको कथा [भिडियोसहित]



काठमाडौं । आजभोली सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ।

भाइरल भिडियोमा दुई भिन्न वातावरणमा हुर्किरहेका तिब्बती बच्चाहरूको पढाइ र उनीहरू अध्ययनरत विद्यालयहरूको स्तरको तुलना गरिएको छ।

एउटा क्लिपमा धर्मशालामा अवस्थित तिब्बती शरणार्थी छात्रछात्राहरू अध्ययन गर्ने विध्यालयको छ। अर्कोमा चिनको स्वसाशित प्रान्त तिब्बतमा अवस्थित छात्रछत्रहरूको क्लिप छ।

भिडियोबाट प्रष्ट देख्न सकिन्छकि धर्मशालाभन्दा चिनको स्वसाशित प्रान्त तिब्बतमा विध्यार्थीहरूले राम्रो शिक्षा र शैक्षिक वातावरणमा पढ्न पाइरहेका छन्। धरमशालामा अवस्थित विध्यालहरूको सफाई सन्तोषजनक नभएको देख्न सकिन्छ।

कक्षाकोठामै फोहर थुपारिएको देखिन्छ। चीनको स्वशासित प्रान्त तिब्बतमा विध्यार्थीहरू सफा कक्षाकोठामा पढिरहेको र विद्यालयको पूर्वाधार पनि उच्चस्तरीय रहेको देख्न सकिन्छ। चीनमा विध्यार्थीहरूमा पढ्न रूची बढाउने वातावरण बनाउन स्थानीय सरकार दृढ रहेको पनि देख्न सकिन्छ।

सामाजिक सञ्जालमा यो भिडियो हेर्ने धेरैले निर्वासित जीवन बिताइरहेको तिब्बतीहरूलाई साम्राज्यवादी राष्ट्रहरूको राजनीतिक प्यादा नबनी आफ्नो देश फर्केर आफ्नो बच्चाबच्चीहरूलाई स्तरीय शिक्षा दिन र उज्जवल भविष्य बनाउन पर्ने कमेन्ट गरेको देख्न सकिन्छ।

धेरैले साम्राज्यवादी राजनितीको कारण निर्वासित तिब्बती शरणार्थीहरूले दु:ख पाइरहेको र जीवनस्तर बिगारिरहेको कमेन्ट गरेका छन्। कसैले चिनले तिब्बतलाई धार्मिक निरंकुशताबाट शान्तिपूर्ण मुक्ति दिलाएपछि तिब्बतले धेरैनै विकास गरेको भनेका छन् भने कसैले यदि आजलाई लामाको शासन रहिरहन्थ्यो भने साम्राज्यवादी शक्तिहरूले त्यहाँको भौगोलिक भूराजनीति, कच्चा पदार्थ र पानीको कारण दलाई लामालाई सद्दम हुसेन जस्तै व्यवहार गरिसकेका हुन्थेसमेत भनेका छन्।

बाँकी भिडियो हेरेर मूल्याङ्कन गर्नुहोला।

प्रकाशित मिति : ३ पुष २०८०, मंगलवार १८:०१   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।