Logo

अर्थ

अन्नपूर्ण केबलकार ३१ लाख कित्ता प्राथमिक सेयर निष्कासन गर्दै



काठमाडौं- अन्नपूर्ण केबलकार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति माग गरेको छ। कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ३१ लाख कित्ता अर्थात ३१ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न हालै नेपाल धितोपत्र बोर्डमा अनुमति माग गर्दै निवेदन दिएको हो।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। पोखरामा कम्पनीले केबलकार सेवा सञ्चालन गरिरहेको छ। केबलकार सेवाबाट लिइने शुल्क नै कम्पनीको मुख्य आम्दानीको स्रोत हो।

हाल उस्तै प्रकृतिका दुई कम्पनी नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत छन्। काठमाडौंमा चन्द्रागिरि केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स र दोलखामा कालिन्चोक केबलकार सञ्चालन गर्दै आएको कालिन्चोक दर्शन कम्पनी नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत छन्। चन्द्रागिरिको सेयर मूल्य बिहीबार बजार बन्द हुँदा प्रतिकित्ता ९५६ रुपैयाँ तथा कालिन्चोक दर्शनको ८६४ रुपैयाँ छ।

प्रकाशित मिति : २२ पुष २०८०, आईतवार ०९:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।