Logo

अर्थ

कामना सेवा विकास बैंकको ब्याजदरमा कटौति,कतिले घट्यो ?



काठमाण्डौ । वाणिज्य बैंकहरुसँगै विकास बैंकहरुले पनि ब्याजदरमा कटौति गर्न सुरु गरेका छन् ।

यसै क्रममा कामना सेवा विकास बैंकल पनि ब्याजदरमा कटौति गरेको छ । बैंकले माघ १ गतेदेखि लागु हुने गरी मुद्दती निक्षेपको ब्याजदरमा ६.२५ प्रतिशतले कटौति गरेको छ ।

बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ प्रतिशत कायम गरेको छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ २ वर्षभन्दा माथिको अवधिका लागि ९ प्रतिशत ब्याजदर कायम गरेको छ । गत पुस महिनामा यो अवधिका लागि बैंकको ब्याजदर ९.६० प्रतिशत थियो ।

बैंकले संस्थागत तर्फ ६ देखि १ वर्ष मुनिको अवधिका लागि ६.९० प्रतिशत ब्याजदर कायम गरेको छ । गत पुस महिनामा यो अवधिका लागि बैंकको ब्याजदर ७.५० प्रतिशत थियो ।

त्यस्तै बैंकले मुद्दती निक्षेपमा व्यक्तिगतर्फ ३ महिनादेखि ६ महिनाभन्दा कम अवधिका लागि ७.८० प्रतिशत ब्याजदर तोकेको छ । पुस महिनामा यो अवधिका लागि ब्याजदर ८.२५ प्रतिशत थियो ।

बैंकले ६ महिनादेखि १२ महिनाभन्दा तलका लागि ८.३० प्रतिशत,वर्षदेखि २ वर्ष मुनिका लागि ८.८० प्रतिशत र २ वर्षदेखि माथिक लागि ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै संस्थागततर्फ १ वर्षभन्दा माथिको मुद्दतस् निक्षेपको ब्याजदर ७ प्रतिशत कायम गरेको छ । बैंकले बचत खातामा न्यूनतम ब्याजदर ४ प्रतिशत कायम गरेको छ ।

प्रकाशित मिति : २८ पुष २०८०, शनिबार १६:१०   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।