Logo

अर्थ

पोखरा फाइनान्सको साधारणसभा सम्पन्न, नयाँ सञ्चालक समिति पनि चयन



काठमाण्डौ । पोखरा फाइनान्सको २७ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
सभा कम्पनीका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन कम्पनीका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले गरेका थिए।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आव २०७९र८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विवरणहरु सहित अन्य प्रस्तावहरु छलफल गरी स्वीकृत भएका छन् ।

आइतबारनै सम्पन्न साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट निर्विरोध रुपमा नियुक्त भएका नवनियुक्त सञ्चालकहरु क्रमशः कृष्ण बहादुर गुरुङ, अच्युत पौडेल र गंगा घलेलाई कम्पनीका अध्यक्ष राज कुमार गुरुङले सञ्चालक पदको पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले आगामी दिनहरुमा वित्तीय संस्थाले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बताए ।

यसैगरी, कम्पनीका अध्यक्ष राज कुमार गुरुङले वित्तीय संस्थाको उत्तरोत्तर विकास, प्रगति र सफलताको यात्रामा निरन्तर राय सुझाव दिने सबैमा आभार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २९ पुष २०८०, आईतवार १९:३५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।