काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको सदस्यमा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको आज सम्पन्न २८औं वार्षिक साधारणसभाबाट सुवेदी कम्पनीको सञ्चालक समितिमा निर्वाचित भएका हुन् ।
कृषि विकास बैंकको तर्फबाट सुवेदीलाई सञ्चालक समितिमा निर्वाचित गरिएको हो । कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला चयन भएका छन् ।
आज सम्पन्नसाधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट सुवेदीसहित विनय रमण पौडेल (प्रतिनिधी राष्ट्रिय वाणिज्य बैंक) तथा सर्वसाधारण समुहबाट भानुभक्त पोखरेल, डा.निलीमा श्रेष्ठ र भरत कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।




















प्रतिक्रिया