काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीको अधिकांश सूचक सकारात्मक देखिएका छन् ।
सो अवधिसम्म कम्पनीको खुद नाफा ४.९७ प्रतिशत बढेर २३ करोड ९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको खुद नाफा २२ करोड ४६ हजार रुपैयाँमा सीमित थियो ।
कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ९३ करोड बीमाशुल्क संकलन गरेको छ । जुन आघल्लो आवको तुलनामा ८.१७ प्रतिशतले धेरै हो । अघिल्लो आवको समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँबराबरको बीमाशुल्क अंकलन गरेको थियो । कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीबापत ६३ करोड ९० लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवभन्दा ५५.१५ प्रतिशतले धेरै हो ।
कम्पनीको कुल खर्च १३.६८ प्रतिशतले बढ्दै २ अर्ब १८ करोड पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीले २ लाख ४५ हजार ९२० वटा पोलिसी जारी गरेको छ । कम्पनीले यो अवधिसम्म ५९ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमाससम्मको तुलनामा ५.०७ प्रतिशतले बढी हो ।
समीक्षा अवधिसम्म कम्पनीले १३ अर्ब ८२ करोड रुपैयाँ दिर्घकालिन र १ अर्ब ३७ करोड रुपैयाँ अल्पकालिन लगानी गरेको छ । कम्पनीके सञ्चित आम्दानीमा सुधार भएको छ । कम्पनीको सञ्चित आम्दानी ३२.१६ प्रतिशतले बढेदै १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७९.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४९.०१ र तरलता अनुपात ४३०.८४ गुणा कायम भएको छ ।




















प्रतिक्रिया