Logo

अर्थ

नेपाल लाइफ इन्स्योरेन्सको नाफा ४२.७७ करोड



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको खुद आर्जन बीमाशुल्क ७.१३ प्रतिशत बढेर १९ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसले १८ अर्ब ४० करोड रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले लगानी तथा कर्जाबाट ७ अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १४.३३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ६ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसको कुल दावी भुक्तानी भने १८.५१ प्रतिशतले घटेर ६ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ । गत वर्ष ८ अर्ब २८ करोड थियो ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १ रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ ४२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६२.८६ गुणा रहेको छ।

८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियममा ४ करोड ३८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग १ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने अन्य इक्विटी १७ करोड रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार १७:२९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।