Logo

अर्थ

हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २५ गते सम्पन्न कम्पनीको ३०औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको उक्त लाभांशलाई पारित गरेको हो ।

यससँगै योग्य सेयरधनीहरुले चुक्ता पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश पाउने भएका छन् ।

कम्पनीले ४४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरी सेयधनीहरुलाई कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेकोमा खुशी व्यक्त गर्दै सेयरधनीहरुले कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सञ्चालित उक्त सभामा मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले प्रगति हासिल र चालु आर्थिक वर्षका सूचांकहरु समेत उत्साहजनक रहेको जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार १०:२६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।