काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा कम्पनीले ४० करोड ३१ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको थियो भने ६ करोड ४ लाख ७६ हजार रुपैयाँ बराबरको वितरणयोग्य नाफा गरेको थियो । जुन रकम अब कम्पनीको सञ्चय कोषमा जम्मा हुनेछ ।




















प्रतिक्रिया