काठमाडौं- एनआईसी एसिया बैंक पछिल्लो समय एकपछि अर्को विवादमा तानिदै गएको छ। आर्थिक समस्याका कारण ५० शाखा बन्द गरिदिन राष्ट्र बैंकलाई पत्र लेखेसँगै बैंकप्रतिका थुप्रै धारणा सार्वजनिक भइरहेका छन्।
सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकर्स संघको कार्यक्रममा बोल्दै एनआईसीबाट दुई सातामै २७ अर्ब रकम झिकिएको बताएका थिए। यसले पनि बैंकका निक्षेपकर्ता आत्तिएका छन्। आफूले जम्मा गरेको रकम कतै असुरक्षित हुने हो कि भनेर बैंकका बचतकर्ताले धमाधम रकम झिकिरहेको बताइएको छ।
यहीबीच एनआईसीका विभिन्न शाखाका बदमासी सार्वजनिक भइरहेका छन्। सोमबारमात्रै एनआइसीको लहान शाखाको बदमासी सार्वजनिक भएको हो। एनआइसीको लहान शाखाले एक लाख ३४ हजारको सात महिनामा ९६ हजार ब्याज लिएर ठगी गरेको खुलेको छ।
एक जना सेवा ग्राहीले क्रेडिट कार्ड प्रयोग गरी एक लाख ३४ हजार प्रयोग गरेकोमा बैंकले सात महिलामा ९६ हजार ब्याज असुलेको पाइएको हो।
लहान नगरपालिका-२ निवासी राम अवतार महतोले उक्त रकम प्रयोग गरेकोमा बैंकले ठूलो रकम ठगी गरेको भन्दै बैंकको शाखामै पत्रकार सम्मेलन गरेका छन्। उनले बैंकले आफ्नोमात्र नभएर आफू जस्ता धेरैलाई ठगी गरेको बताएका छन्।
‘मैले क्रेडिट कार्ड प्रयोग गरेको थिए। मेरो सात महिनामा बचत खाताबाट सात महिनामा ९६ जनार व्याज लिइयो। ममाथि निकै ठूलो अन्याय भएको छ,’ उनले भने। यतिबेला न्यायका लागि आफू बैंक र सरोकारवाला निकायमा धाइरहेको बताएका छन्।
पीडित महतोले आफूहरू सोझो भएको र धेरै कुरा नजान्ने भएकाले ठगी भएको गुनासो गरेका छन्। उनले आज पनि आफू बैंकमै रहेको बताएका छन्।
लहान नगरपालिकाका उपमेयर राम चलितर महतोले जनगुनासो आइसकेपछि बैंकमा अनुगमन गर्दा बदमासी पाइएको बताए। उनले आफू पीडितको साथमा बैंक पुग्दा बैंकले आफूले ब्याज लिएको स्वीकारेको महतोले बताए।
यस विषयमा बुझ्न खोज्दा बैंकको शाखा प्रमुखले केही बोल्न नचाहेको बताएका छन्। ‘सोझा जनतामाथि बैंकले यस्तो अन्याय किन गरेको होला भनेर सोध्दा बैंकको म्यानेजरज्यूले कुनै प्रतिक्रिया दिन चाहनु भएन। बैंकले यति ब्याज काटिएकै हो भनेर स्वीकारेको छ,’ उनले भने।
स्थानीय सरकार जनताको नजिकको सरकार भएको बताउँदै उनले बैंकले राष्ट्र बैंकको मापदण्ड बाहिर गएर ब्याज लिएकाले त्यसविरुद्ध सशक्त आवाज उठाइने उनले बताए। यसरी चर्को ब्याज किन लिएको भन्दा बोल्नै नखोज्नु गैरजिम्मेवार व्यवहार भएको उनको भनाइ छ।
उनले यो अन्याय भएको र बैंकले जनताको पैसा ठग्न नपाउने बताएका छन्। राष्ट्र बैंकको नीति अनुसार व्याज लिनु ठिक भए पनि जनताको ढाड सेकिने गरी रकम असुल गर्नु गुण्डागर्दि भएको उनको आरोप छ।
यो पनि…
एनआईसी बैंक छोड्दै नायव प्रमुख सूचना अधिकारी अर्जुन खनिया
खस्किँदाे गतिमा एनआईसी एशिया बैंक : अत्यधिक दबाब बढेपछि डेपुटी सीईओ पाण्डेद्वारा राजीनामा
एनआइसी एशियाका डेपुटी सीईओ पाण्डेले छाडे बैंक
दुर्गा प्रसाईंको आरोप- सुनसरीबाट बरामद नक्कली नोटमा एनआईसीको ट्याग, के भन्छ बैंक?
सञ्चारकर्मीलाई एनआईसी बैंकको फोन : राम्रो समाचार लेख्दिनु, विज्ञापन दिन्छौं
खुम्चिँदै एनआइसी एशिया : ३० काउण्टर बन्द, १४ अर्बले घट्यो निक्षेप
आत्तिएका बचतकर्ताले पैसा झिक्न थालेपछि एनआइसी एसिया बैंक थप अप्ठेरोमा
खराब कर्जामा डुबेको एनआईसी बैंकको हास्यास्पद जवाफ, भन्छ-‘ऋण असुलीमा हामी उत्कृष्ट छौँ’
संकटग्रस्थ एनआईसी बैंकका ५० शाखा बन्द हुने, सेयर भाउ निरन्तर ओरालो




















प्रतिक्रिया