Logo

आजको तस्बिर

तस्बिरमा हेर्नुस् थारु समुदायको जीवनशैली [फोटो फिचर]



काठमाडौं । थारु समुदायको जीवनशैली झल्किने कला प्रदर्शनी भइरहेको छ।

ललितपुरस्थित पाटन दरबार स्क्वायर संग्रहालयमा थारूहरुको समग्र जीवन शैली, इतिहास, मौलिकता, संस्कार, संस्कृति आदि झल्किने फोटो तथा समुदायले प्रयोग गर्ने सामग्रीहरु प्रदर्शनीमा राखिएको छ। ‘डउले डउले’ अर्थात् ‘नमस्ते, चितवनको थारू समुदायको भाषामा तपाईंलाई कस्तो छ?’ शीर्षकमा प्रदर्शनी गरिएको छ ।

थारुहरुको बिर्सिदै गएको जिवन शैली, इतिहास, मौलिकता, संस्कार र संस्कृति आदि जोगाउन र चितवन बाहिर रहेको समुदायलाई देखाउने मुख्य उद्देश्यले राखिएको प्रदर्शनीमा नेपालका पूर्व–पश्चिम र मध्य तराईका थारू समुदायको कथाहरू बोक्ने कलाकृति राखिएको छ।

थारू सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रले आयोजना गरेको प्रदर्शनीमा चैत १८ गतेसम्म चल्ने संयोजक बिरेन्द्र महत्व थारुले बताए ।

तस्बिरहरू :

 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १६:२१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।