Logo

अर्थ

सिटिजन लाइफ स्वयम्भू शाखाकी दिपाले पूरा गरिन एमडिआरटी-२०२५ को टार्गेट



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स स्वयम्भू शाखामा कार्यरत एजेन्सी मेनेजर दिपा चापागाईं विश्वका अभिकर्ताहरुको सर्वोच्च अन्तर्राष्ट्रिय संस्था Million Dollar Round Table (MDRT) 2025 मा छनौट भएकी छन् ।

अंग्रेजी तारिखअनुसार जनवरी १ देखि डिसेम्बर लास्टसम्ममा निश्चित टार्गेट पूरा गर्दा बनिने MDRT दिपाले भने पहिलो तीन महिनामा नै पूरा गरेकी हुन् । MDRT 2025 काे टार्गेट पूरा गरेको अवसरमा सिटिजन लाईफ ईन्स्योरेन्स स्वयम्भू शाखाले मंगलबार (चैत्र २७ गते) प्रधान कार्यालय थापाथलीमा एक कार्यक्रम गरेर कम्पनीको प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख मार्केटिङ अफिसर भूषण रिमाल, व्यवसाय प्रमुख सुनिल पोख्रेलले खादामाला लगाई दिएर बधाई ज्ञापन गरेका छन् ।

संखुवासभा खाँदवारीमा जन्मिएकी दिपा चापागाईं हाल काठमाडौं आलोक नगरमा बस्छिन । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सम्मको अध्ययन पूरा गरिकी चापागाईं ईन्स्योरेन्स कम्पनीमा अभिकर्ताको रुपमा आबद्ध भएर काम गरेको जम्मा नौ महिना मात्र भएको छ । छोटो समयमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल दिपा चापागाईं सफल अभिकर्ताको रुपमा परिचित भएकी छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १४:००   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।