Logo

अर्थ

सहकारी ठगी गर्ने रवि र अहिलेको गृहमन्त्री एउटै भए नभएकाे खोज्न संसदीय समिति बनाउनुपर्छ: गगन थापा



काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री एकै व्यक्ति हुन् भए नभएकाे खोज्न संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताएका छन्।

संवाद यात्राका क्रममा कञ्चनपुरको पुनर्वासमा सोमबार भएको कार्यक्रममा बोल्दै थापाले सहकारी ठगीमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताए।

‘सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर खोज्नु पर्‍यो कि परेन? त्यो हामीले नखोजे कसले खोज्छ? यो ठाउँमा कांग्रेस, एमाले र माओवादी भए पनि वा नयाँ, पुरानो जुन दलको भए पनि खोज्नुपर्थ्यो,’ थापाले भने, ‘सरकार र प्रतिपक्ष भन्ने कुरा हुन्छ? जनतामा म लोकप्रिय र सरकारमा शक्तिशाली वा पारिवारिक विरासत छ भनेर कोही पनि कानूनभन्दा माथि हुँदैन।’

सहकारीको रकम अपचलन भएको र प्रहरीले गरेको अनुसन्धान विश्वसनीय नभएकोले संसदीय छानबिन समिति गठन गरिनुपर्ने उनले बताए।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलवार १६:३८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।