Logo

प्रमुख समाचार

‘रवि दाइ हाईहाई, निर्मला पन्तलाई न्याय खोई’ ? भन्दै नेविसंघको प्रदर्शन



काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरुले  शुक्रबार साँझ आर. आर. क्याम्पसअघि प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

उनीहरुले बोकेको प्लेकार्डमा जिबी राई कहाँ छ, रवि दाइलाई थाहा छ, रवि दाइ हाईहाई, निर्मला पन्तलाई न्याय खोई ? भन्ने लेखिएको थियो । नेविसंघले गृहमन्त्री लामिछानेविरुद्ध निरन्तर प्रदर्शन जारी राखेको छ ।

कांग्रेसले पनि गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समितिको माग राखेर सदन अवरोध गरेको थियो । कांग्रेसले छानबिन समिति नबनाईए बजेट अधिवेशनपनि चल्न नदिने रणनीति तय गरेको छ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार ०७:०२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।