Logo

जनप्रतिनिधि

काठमाडौं महानगरको कार्यालय बिहान ९ बजेदेखि खुल्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले यसपछि बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ ।

वैशाख १५ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न लागिएकोमा त्यस दिन शनिबार परेकाले १६ गते आइतबारदेखि कार्यालय बिहान ९ बजे खोल्न लागिएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । बेलुका भने समय परिवर्तन गरिएको छैन ।

यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार १३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।