Logo

प्रमुख समाचार

उपप्रधानमन्त्री यादव अमेरिका प्रस्थान



काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन यादव शनिबार बेलुकी अमेरिका प्रस्थान गरेका हुन् । मन्त्री यादव मे ७ तारिख स्वदेश फर्किने छन् ।

मन्त्री हुँदा धेरै विदेश भ्रमणमा निस्कने यादवले विदेश भ्रमणमा रेकर्ड नै राखिसकेका छन् । उनले याेभन्दा अघि धेरै पटक विदेशकाे भ्रमण गरिसकेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार ०९:५४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।