Logo

कर्पोरेट फोकस

प्रभु बैंकका १२ जना ठूला सेयरधनी को-को ?



काठमाडौं । प्रभु बैंकको ठूला सेयरधनीमा विभिन्न १२ व्यक्ति तथा कम्पनी रहेका छन् ।

बैंकको ठूला सेयरधनीमा ६ व्यक्ति तथा ६ कम्पनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व एशियन लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीको बैंकमा ३.४१ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै गौरव अग्रवालको २।७१ प्रतिशत, कर्मचारी सञ्चय कोषको २।५३ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यस्तै प्रभु ग्रुपको १.२१ प्रतिशत, सुदिप आचार्यको ०.६० प्रतिशत, शिव कुमार श्रेष्ठको ०.५८ प्रतिशत, मिजास भट्टचनको ०.५८ प्रतिशत, राजेन्द्र भट्टचनको ०.५७ प्रतिशत, स्वरुप गुरुङको ०.५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट प्रालिको ०.५२ प्रतिशत, शिवम सिमेन्टको ०.५१ प्रतिशत र सन नेपाल लाइफ इन्स्योरेन्सको ०.५० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार १६:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।