काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको २२ औँ वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । सभा चितवनमा टाँडीमा रहेको होटल स्टार चितवनमा बिहान ११:३० बजेबाट सुरु हुनेछ ।
सभामा बैंकको केन्द्रीय कार्यालय रजिष्टर्ड कार्यालय को ठेगाना परिवर्तन गर्ने,अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्तिरसमाहित हुने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने,सञ्चालक समिति वा सञ्चालक समितिले तोकेका व्यक्तिलाई अख्तियारी दिन स्वीकृती दिने,सञ्चालकहरुको मनोनयनरनिर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न नियमनकारी नियकाबाट निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै,आव २०७९र८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापक कम्पनी र गोबर ग्यास कम्पनीको आव २०७९र८० को वित्तीय विवरणसहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरिनेछ ।
सभामा आव २०८०र८१ को लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तीको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकलाई बैंकको लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया