Logo

अन्तर्राष्ट्रिय

नेपालका ५ राजनीतिक दललाई भाजपाले दियो निम्तो



काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचनको अवलोकनका लागि भारतीय जनता पार्टी (भाजपा)ले नेपालका ५ राजनीतिक दललाई नसम्ता दिएकाे छ । भाजपाले नेपालसहित १० देशका १८ वटा राजनीतिक दलहरुलाई निम्तो दिएको हाे।

भाजपाका विदेश विभाग इन्चार्ज डा. बिजय चौथाइवालेले जारी गरेको विज्ञप्तीमा नेपालका पाँच दललाई निम्ता गरिएको उल्लेख गरिएको छ। भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको हो।

नेपालबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्तो आएको छ। सबै पार्टीहरुलाई आज बिजेपी मुख्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता हुनेछ। यसक्रममा भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार ११:२४   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।