Logo

अर्थ

छिमेक लघुवित्तको खुद नाफा २६.९० प्रतिशतले घट्याे



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा छिमेक लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । यसअवधिमा खुद नाफा २६.९० प्रतिशतले घटेर ६४ करोड ३७ लाख ६२ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ८८ करोड ६ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी २.८५ प्रतिशतले घटेर २ अर्ब ५ करोड ६६ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले २ अर्ब ३९ करोड ३८ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

संस्थाको सञ्चालन नाफा २७.३७ प्रतिशतले घटेर ९० करोड ४१ लाख २३ हजार रुपैयाँमा सीमित भएको छ ।

चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५८ पैसाले घटेर २८ रुपैयाँ ८३ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४१ पैसा थियो । प्रतिसेयर नेटवर्थ २३७ रुपैयाँ ३० पैसा छ । चुक्ता पुँजी २ अर्ब ९७ करोड ७१ लाख १२ हजार रुपैयाँ छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १२:२१   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।