काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा २८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८७.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
एक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी ४६.६६ प्रतिशतले बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले लगानी तथा कर्जाबाट ७८ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको थियो । खुद बिमा शुल्क आर्जन ७.०५ प्रतिशतले बढेर ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ५० प्रतिशतले बढेर ३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९ पैसाले बढेर ९ रुपैयाँ ५३ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७२ पैसा छ ।




















प्रतिक्रिया