Logo

अर्थ

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लिलामी सेयर भर्ने आज अन्तिम दिन



काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर भर्ने आज (जेठ १ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २७५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

कम्पनीको लिलामी आवेदन कुमारी क्यापिटल नागपोखरी, नक्साल काठमाडौंबाट पेश गर्न सकिनेछ । यसमा कम्पनीका संस्थापकले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले चैत २८ गतेबाट यो सेयर लिलामीमा बिक्रीमा ल्याएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १३:१९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।