Logo

प्रमुख समाचार

कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह : समिति बन्छ, गृहमन्त्रीलाई बोल्न दिनुस्



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् । त्यसपछि समिति बनाउने उनको आश्वासन छ ।

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि संसदीय समिति गठनको माग राखी संसद् अवरोध गर्दै आएको कांग्रेसले प्रधानमन्त्री प्रचण्डको आग्रहलाई सकारात्मक रूपमा लिएको छ ।

समिति गठन नभएसम्म बैठक चल्न नदिने कांग्रेस अडानमा छ । प्रधानमन्त्री प्रचण्डले समिति बनाउन आफूहरू तयार रहेको भन्दै गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्रीजीले समिति बनाउँछौं, गृहमन्त्रीलाई बोल्न दिनुस् भन्नु भएको छ ।’

आज ४ बजे संसद् बैठक छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १४:३४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।