काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ र २४औं वार्षिक साधारणसभा आज बीरगंजमा सम्पन्न भएको छ । सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोबिन्द लाल संघईको अध्यक्षतामा बीरगंज, पर्सामा सम्पन्न भएको छ ।
कार्यक्रममा आव २०७८/७९ र २०७९/८० को वार्षिक कार्य प्रगति र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गरिएको छ।
यस्तै आव २०७९/८० को लागि लेखापरीक्षकलाई गरिएको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ। कम्पनीको संचालक समितिमा संस्थापक समूह ‘क’ बाट ३ जना, समूह ‘ख’ बाट ३ जना र १ जना स्वतन्त्र संचालक नियुक्ति गर्ने र संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको छ।
त्यसैगरी साधारणसभाले गत आर्थिक वर्ष को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत (कर प्रयोजन सहित) को नगद लाभांश वितरण गर्न सर्वसम्मतिबाट स्वीकृत गरेको छ।
सभाले आव २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्तापुँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ ।




















प्रतिक्रिया