Logo

अर्थ

हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुई अवार्ड



काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स दुई वटा ‘इन्स्योरेन्स एसिया अवार्ड’ले सम्मानित भएको छ ।

सिंगापुरमा आइतबार आयोजित एक कार्यक्रमबीच हिमालयनले इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर’ र ‘स्ट्राटजिक पार्ट्नरसिप अफ द इयर’ बाट सम्मानित भएको हो ।

हिमालयनले पाएको उक्त अवार्डले सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गरेको कम्पनीका डुपटी जनरल म्यानेजर सञ्जय अर्यालले बताए ।

यी दुवै अन्तर्राष्ट्रिय अवार्डले एनसेल, ई-सेवा, खल्ती र डिजिटल सेवा जस्ता कम्पनीहरूसँगको साझेदारीमार्फत वित्तीय समावेशीकरणलाई प्रवर्द्घन गर्न हिमालयनले निर्वाह गरेको भूमिकालाई उजागर गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १४:१९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।