Logo

धर्म / संस्कृति

आज साउने संक्रान्ती, लुतो फाल्ने दिन



काठमाडौं । आज साउन महिनाको पहिलो दिन साउने सक्रान्ती पर्व मनाइँदै छ । असार महिनाभरी गरिने धान रोपाइँलगायतका खेतीपातीका कारण हिलो तथा धूलोले छालासम्बन्धी रोग नलागोस् भनेर लुतो फाल्ने गरिन्छ ।

यस दिन कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नामक राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । यसरी लुतो फाल्दा आ–आफ्नो परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास रहिआएको छ ।

साउन महिनाभरी देशका शिवालयहरू विशेष गरी पशुपतिनाथ मन्दीरमा भक्तजनका भीड लाग्ने गर्छ । महिलाहरूले साउनमा हरियो चुरा, रातो पँहेलो वस्त्र, मेहेन्दी आदि लगाउने र प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा आराधना गर्दछन् ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार ११:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।