काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा भदौ ७ गते शुक्रबार बाेलाएकाे छ । साउन ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।
सभाले कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गर्ने, नगद र बोनस सेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० को वार्षिक एवम् लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साथै आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
साधारणभसा प्रयोजनार्थ कम्पनीले साउन २४ गते १ दिन बुक क्लोज गरिसकेकाले साउन २३ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।




















प्रतिक्रिया