Logo

अर्थ

नेशनल लाइफको गाला कन्सर्ट सम्पन्न



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले राजधानीको सोल्टी होटलमा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको छ ।

कम्पनीले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उक्त कन्सर्टमा सहभागिता रहेको थियो ।

कन्सर्टमा कलाकार सन्दिप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्मा को बेजोड सांगितिक प्रस्तुती रहेको थियो । यस्तै डि.जे. डिजे नानीको प्रस्तुतीमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १७:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।