काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (साउन १७ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार काठमाडौं आवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया