Logo

कर्पोरेट फोकस

प्रभु बैंकको वित्तीय अवस्थामा सुधार, लाभांश क्षमता कति ?



काठमाडौं । प्रभु बैंक लिमिटेड ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार असार मसान्तसम्ममा बैंकको खुद नाफा ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको इम्पेरमेन्ट चार्ज ५ अर्ब २१ करोड रुपैयाँ रहेको छ। अघिल्लो बर्ष बैंकको उक्त चार्ज २ अर्ब ४३ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशत बढेको छ। खुद फि तथा कमिशन आम्दानी १९.९६ प्रतिशत बढेको छ भने बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २०.६७ प्रतिशत बढेको छ।

बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८४ पैसा बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।

बैंकको वितरणयोग्य मुनाफा एक अर्ब २२ करोड ३९ लाख ४५ हजार रुपैयाँ छ । बैंकको लाभांश क्षमता भने ५.२० प्रतिशत रहेको छ ।

हालसम्म बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपैयाँ सञ्चित रहेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५.५१ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ३.८३ प्रतिशत घटेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १०:३६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।