Logo

कर्पोरेट फोकस

सानिमा बैंकका ग्राहकलाई बुद्ध एयरमा विशेष छूट सुविधा



सानिमा बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छूटको व्यवस्था गरेको छ ।

कम्पनीको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छूट प्राप्त गर्न सक्नेछन् । छूटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय वा त्रिभुवन विमानस्थलको काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ ।

कम्पनीले यसैगरी ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बताएको छ ।

छूटको विस्तृत विवरण वेबसाईटमा उपलब्ध रहेको कम्पनीले बताएको छ। कम्पनीको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार २१:०२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।