काठमाडौं । बिहीबार पनि सेयर बजार घटेको छ । आज बजार १२.१० अंकले घटेर नेप्से परिसूचक २७२७ अंकमा रहेको छ ।
आज कारोबार रकम पनि खुम्चिएको छ । आज ९ अर्ब ६५ करोडको काराेबार भएकाे छ । १०१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ५ को स्थिर रहेकाे छ ।
आज नेपाल फाइनान्सको ४० करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गुडविल फाइनान्सको २९ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले ९.१४ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ८.४३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.९१ प्रतिशतका दरले गुमाएका छन् ।




















प्रतिक्रिया