Logo

अटो

टीभीएसले सार्वजनिक गर्‍याे तीन नयाँ भेरिएन्ट



काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो २०२४ टीभीएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरिएन्ट र टिभिएस रेडिअन (एफआइ) सार्वजनिक गरेको छ ।

बिहीबार आयोजित एक विशेष कार्यक्रममा टीभीएसले आफ्ना नयाँ भेरिएन्ट सार्वजनिक गरेकाे हाे । नयाँ पुस्तालाई ध्यानमा राखी नयाँ भेरिएन्टहरू सार्वजनिक गरिएकाे हाे ।

टीभीएस रेडर, टिभिएस एनटर्क र टिभिएस रेडिअन नेपालका सबै अधिकृत टीभीएस डिलरहरूमा उपलब्ध छन् । रेडरको मूल्य २ लाख ९२ हजार ९००, टीभीएस एनटर्ककाे मूल्य २ लाख ७९ हजार ९०० र टीभीएस रेडिअनको मूल्य २ लाख ३६ हजार ९०० रुपैयाँ रहेकाे छ ।

कार्यक्रममा टीभीएस मोटर कम्पनीका उपाध्यक्ष राहुल नायकले ग्राहकहरूका लागि नयाँ शैली र सुविधासहितका स्कुटर र मोटरसाइकलको विकास गरिएको बताए । जगदम्बा माेटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले नयाँ भेरियन्टले सबैकाे मन जित्ने विश्वास व्यक्त गरेका छन् ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी वितरकहरू रहेका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार ०६:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।