Logo

अर्थ

युनाइटेड अजोड इन्स्योरेन्सका सीईओ श्रवण रावलको निधन



काठमाडाैं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) श्रवण रावलको निधन भएको छ । रावलको बिहिबार बिहान निधन भएको हो ।

अन्तर्राष्ट्रिय समावेशी बीमासम्बन्धी कार्यक्रममा सहभागी भएर घर फर्किएका रावललाई हृदयघात भएको थियो । उनलाई उपचारका लागि भक्तपुरमा रहेको नागरिक अस्पतालमा लगिएको थियो । अस्पतलानमा उपचारका क्रममा आज बिहान रावलको निधन भएको हो ।

६१ वर्षिय रावल २०८० जेठ २३ गते साविकको युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जपश्चात बनेको युनाइटेड अजोड इन्स्योरेन्सको सीईओ नियुक्त भएका थिए । आईजीआई प्रुडेन्सियलको वरिष्ठ सीईओ समेत रहेका रावल त्यसअघि साविकको प्रुडेन्सियल इन्स्योरेन्सको सीईओका रुपमा कार्यरत थिए ।

 

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार ११:४३   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।