Logo

प्रमुख समाचार

डेंगी संक्रमितको संख्या २७ हजार नाघ्यो, काठमाडौंमा ४ हजारभन्दा बढी



काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या २७ हजार नाघेको छ । सन् २०२४ जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अक्टोबरका २५ दिनमा (१ देखि २५ सम्म) मात्रै आठ हजार ६०८ जना संक्रमित थपिएका छन् ।

डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीमा ७ हजार ८० जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ । काठमाडौंमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ ।

यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार १२:४२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।