Logo

प्रमुख समाचार

मोदीद्वारा नेपालकै अपमान : रूसको ताकेता पछि ताकेता, नेपाल मौन



काठमाडौं । मोदीले नेपालको अपमान गर्दा ओलीमाथि खिसिट्यूरी गरेर काखी बजाउनु यी कस्ता पार्टी हुन् ? प्रम ओलीले परराष्ट्रमन्त्री डा.आरजु देउवालाई दिल्ली भ्रमणमा पठाए ।

दिल्लीले रेड कार्पेट नै बिछ्याएर परराष्ट्रमन्त्रीको स्वागत गर्‍यो । परराष्ट्र र प्रम मोदीले विशेष भेटवार्ता पनि गरे । परराष्ट्रमन्त्रीले नेपालका प्रम ओलीको नेपाल भ्रमणको निम्तो हस्तान्तरण पनि गरिन् । तर, मोदीले ओलीप्रति यति गैरमैत्री ब्यवहार देखाए कि दिल्ली भ्रमणको निम्तोसम्म पनि दिएनन् । यथार्थमा मोदीले ओलीप्रति गरेको गैरमैत्री व्यवहार थिएन यो, यो त नेपालकै अपमान गरेको थियो ।

रूसको ताकेता पछि ताकेता, नेपाल मौन

रूसले नेपालसँग सहकार्यका लागि ताकेतापछि ताकेता गरिरहेको छ । १९ महिनाको अवधिमा तेस्रोपल्ट रूसले नेपाललाई सहकार्यका लागि आग्रह गरेको हो ।

२०२३ अप्रिल १९ देखि अप्रिल २३ सम्म राष्ट्रिंय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई निम्त्याएर रूसको फेडेरेसन काउन्सिलकी अध्यक्ष, रूसको माथिल्लो सदन, भ्यालेन्टिना मातभियेन्को, रूसको तल्लो सदनका अध्यक्ष, राज्य डुमा, व्याचेस्लाव भोलोडिन र रूसका उपप्रधानमन्त्री दिमित्री चेर्निशेन्कोले १३ परियोजनामा नेपाललाई सहयोग गर्न चाहेको विषयमा विशेष छलफल गरेका थिए ।

यस सम्बन्धमा राष्ट्रिय सभाका अध्यक्षको कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको थियो– रूसले काठमाडौँमा इस्ट–वेस्ट इलेक्ट्रिक रेलवे र नेपालको मुख्य पर्यटकीय गन्तव्य पोखरालाई नजिकैका पर्यटकीय स्थलहरूसँग जोड्ने पोखरा–रिडी सडक निर्माण, बाल क्यान्सर अस्पताल, छात्रबृत्ति र अन्य १३ विभिन्न परियोजनामा सहयोग गर्न सकिने प्रस्ताव नेपाल सरकारलाई पठाएको थियो ।

त्यसपछि २१ अगस्त २०२३ मा नेपाल सरकारसँग मेट्रो परियोजना मागेको थियो । नेपाल रूसवीच २००२ मा रोकिएको हवाई यातायात पुनः सञ्चालन गर्न पनि आग्रह गरेको थियो । रूसले पहाडी अवस्थामा उपयोगी रूसी हेलिकोप्टर डेलिभरिको इच्छा प्रकट गरेको थियो । तर रूसी आग्रहलाई नेपालले आजसम्म जवाफ दिएको छैन ।

यसपछि नेपालस्थित रूसी दूतावासले २०२३ मे ४ मा पून नेपाल सरकारलाई १३ परियोजना प्रस्तावबारे प्रतिकृया पठाउन आग्रह गरेका थियो । नेपालले कुनै प्रतिकृया नजनाएपछि रूसी दूतावासले पुनः नेपाल सरकारलाई रूसी सद्भावबारेमा जान्न चाहेको सन्देश दिएको गोरखा एक्सप्रेसमा उल्लेख छ ।

तर नेपालले अझै रूसी प्रस्तावबारेमा मुख खोलेको छैन । नेपाल कतिसम्म विश्वशक्तिको दबाबमा छ भन्ने कुराको संकेत नेपालको मौनता हो ।

भूराजनीतिको चक्रव्यूहबाट नेपाल निस्कने कि ननिस्कने ?

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार १८:००   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।