Logo

अर्थ

एशियन लाइफद्धारा बीएम तथा क्लब मेम्बरहरुलाई सम्मान



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी कालिकोट शाखाले आर्थिक वर्ष २०८०/८१ बीएम क्लब मेम्बर सम्मान तथा अभिकर्ता पुर्णताजगी तालिम सम्पन्न भएको छ ।

यस कार्यक्रममा कालिकोट शाखा प्रबन्धक जन्मदेव बरालको सभा अध्यक्षता र कर्णाली प्रदेश क्षेत्रीय प्रमुख वीरबहादुर भण्डारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कालिकोट जिल्लामा विगत लामो समयदेखि यस शाखाको बीमा क्षेत्रमा काम गर्दै आएका सिनियर विजनेश म्यानेजर तथा अभिकर्ता धन बहादुर बटाला, जल बहादुर शाही, दिपराज खड्काको विशेष आथित्यतामा अभिकर्ता ठम्म प्रसाद आचार्य, प्रिमा कुमारी वि.क., सन्तोष भण्डारी, लक्ष्मण अधिकारी, भगिराम अधिकारी, मदन रोकाया, मदनराज संज्याल, शेर बहादुर रामजाली मगर लगायत सो कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को व्यावसायको आधारमा ५० जनालाई सम्मान गरिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८१, शुक्रबार १३:२५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।