Logo

प्रमुख समाचार

पूर्व प्रधानमन्त्रीहरूसँग ओली : चीन भ्रमणमा ऋणसँग सम्बन्धित कुनै योजना सम्झौता हुँदैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा वीआरआईलाई लक्षित गर्दै ऋणसँग सम्बन्धित कुनै योजनामा सम्झौता नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सिंहदरबारमा आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग गरेको परामर्शमा प्रधानमन्त्री ओलीले यस्तो बताएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै खनालले भने, ‘उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिन भन्नेजस्तो कुरा गर्नुभयो ।’ खनालले चीनसँग अहिले ऋण सम्झौता नगरेपनि चीनसँग कहिल्यै ऋण नै लिनुहुँदैन भन्ने नीति बनाउन लागेको हो भने आपत्तिजनक हुने आफूहरुले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

उनले वीआरआईबाट लोन लिनै हुँदैन भन्ने कुरा पूर्वाग्राही भएको टिप्पणी गरे । उनले विश्वका दुईतिहाइ देशलाई लाभदायिक भएको वीआरआई नेपाललाई मात्रै अहित नहुने तर्क गरे ।

बीआरआई परियोजनाको विषयमा सत्तारुढ दलहरूबीच मतऐक्यता हुन सकिरहेको छैन । यही विषयले गठबन्धनमा कुनै समस्या नआओस् भनेर दुवै दलको तर्फबाट गठित उच्चस्तरीय संयन्त्रले काम गरिरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार १३:४९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।