दराजले ‘लाइभ अनौन्स्मेण्ट’ कार्यक्रम मार्फत दराज ११ ११ को तेस्रो संस्करण मनाउँने तयारी गरेको छ । नेपाली बजारमा अग्रणी अनलाइन बजार व्यावसायी दराजले कार्तिक २६ मा सोही कार्यक्रम गर्ने तयारी गरेको हो ।
यस वर्षको ११ ११ सेलमा ग्राहकहरुले विशेष छुट पाउनुका साथै ८ लाख बराबरको टिभीएस अपाचे आरआर ३१० जित्ने सकिने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले नाबिल बैंक, सनिमा बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंक को डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि अनलाइन भुक्तानीमा अधिकतम ३००० रुपैयाँसम्मको छुट पाउने दराज अनलाइनले विज्ञप्ती मार्फत जनाएको छ । त्यस्तै गरी, ग्राहकहरूले दराज मा इसेवा वालेट मार्फत भुक्तानी गर्दा पनि छुट पाउनेछन् ।
११.११ मा ग्राहकहरुले विशेष लन्चका रुपमा सामसंग ग्यालेक्सी एसट्वेन्टी एफइ ६९,९९९ मा पाउनेछन् भने त्यस्तै गरी एलजी, एमआई, फिटबिट, सोनी, भ्यांस, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी, आमाइरा, फेशन हाउस, न्यु ब्यालेन्स, टिभियस जस्ता ब्रान्ड हरुमा पनि ६० प्रतिशतसम्म छुट पाउनेछन् । साथै प्रीमियम प्रायोजक कोकाकोलाले पनि ११.११ को अवसरमा विशेष अफरहरू घोषणा गर्ने छ । दराजले ग्राहकहरुलाई ११.११ मा लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, निशुल्क वितरण, सोशल मिडियामा प्रतियोगिता, अनलाइन लुडो टूर्नामेन्ट, अर्ली बर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट, र वन रुपी गेम र मिशन ११.११ जस्ता गेम मार्फत पुरस्कार जित्ने धेरै अवसरहरू पनि प्रदान गर्दै छ ।
११.११ सम्बन्धी मिडिया र ग्राहकहरूको केही प्रश्नहरूको जवाफ दिन दराजले प्रत्यक्ष प्रेस कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमका होस्ट सूरज सिंह ठकुरी थिए भने मुख्य वक्ताहरु दराजका प्रबन्ध निर्देशक, लिनो अलरिंग, डेक्स प्रमुख, सन्तोष बिष्ट, र मुख्य ग्राहक अधिकारी, सम्झना सुवेदी थिए । वक्ता सन्तोष विष्ट र सम्झना सुवेदीले कम्पनीको सब भन्दा महत्वपूर्ण पक्षहरु ग्राहक सेवा र संचालनले यस एक दिनको सेललाई सफल बनाउन गरिरहेको तयारी बारे धारणा राखे ।
‘हामीले ११.११ को लागि ७०० भन्दा बढी डेलिभरी कर्मचारीहरू थपेका छौं । साथै ६ अन्य लजिस्टिक साझेदारहरूसँग काम गर्दै हाम्रो क्षमता, पूर्वाधार र प्रविधिमा उल्लेखनीय सुधार भएको छ ।’ सन्तोष विष्टले भने ‘महामारी को बेला, ग्राहक र स्टाफको सुरक्षा निश्चित गर्न हाम्रा डेलिभरी कर्मचारीहरूको स्वस्थ को निरन्तर जांच गरिरहेको छौँ र ग्राहक लाइ सबै भन्दा राम्रो ग्राहक अनुभव दिलाउन तालिम पनि निरन्तर दिइरहेका छौं ।’
कार्यक्रममा, मुख्य ग्राहक अधिकारी, सम्झना सुवेदीले ग्राहकका मागहरू पूरा गर्न ११.११ को लागि २०० भन्दा बढी कस्टमर केर एजेन्टहरू राखेका जानकारी दिइन् । २०१८ मा अलीबाबाले दराजलाई अलिबबा ग्रुप अन्तर्गत समावेश गरेको थियो ।




















प्रतिक्रिया