काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो ।
काठमाडौंले दिएको ११२ रनको लक्ष्य पछ्याएको चितवनले १७.१ ओभरमा ११४ रन बनाएर लक्ष्य पूरा गर्याे।
चितवनको ब्याटिङतर्फ सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । लुक बेन्केनस्टेइनले २२ रन जाेडे उनले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरे । कप्तान कुशल मल्ल र रबी बोपाराले समान ११ रन बनाए ।
ओपनर हसन इशाखिल १२ रन बनाउँदा शरद भेषवाकर ११ रनमा अविजित रहे । बलिङतर्फ काठमाडौंका लागि साहव आलमले तीन तथा डान डाउथवेट र जेरार्ड इरास्मसले समान १/१ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हरेर पहिले ब्याटिङ गरेको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।
काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बना ए। उनले ४१ बलमा एक चौका प्रहार गरे । माइकल लेभिट २५ रनमा आउट भए भने डान डाउथवेटले १९ रनमा अविजित रहे । शंकर रानाले १६ रन बनाए । कप्तान करन केसी, भिम सार्की र साहव सालम एक रनमा आउट भए ।
चितवनका लागि बलिङतर्फ सोहेल तन्वीरले चार ओरभमा २१ रन खर्चिएर ५ विकेट लिए । कप्तान कुशल मल्ल, अमरसिंह राउटेला, लुक बेन्केनस्टेइन र रिजन ढकालले समान १/१ विकेट लिए ।




















प्रतिक्रिया